एपोलो अस्पतालमा रविलक्ष्मीको उपचार सुरु

मङ्लबार, असाेज ७, २०८२
0
100

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ ।

चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो । चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र सहयोगी पनि भारत गएका छन् ।

चित्रकारलाई सोमबार राति नै एपोलो अस्पतालमा भर्ना गरी उपचार सुरु भएको खनाल निकट स्रोतले जनाएको छ । भदौ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते खनाल निवासमा भएको आगलागीमा परि रविलक्ष्मी गम्भीर घाइते बनेकी थिइन् ।

घाइते रविलक्ष्मीलाई केही दिन कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गरिएको थियो । उनको देब्रे हात गुमेको थियो । रातोपाटी

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here