कक्षा १२ को परीक्षा सञ्चालन सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डको अत्यन्त जरुरी सुचना (सक्दो सेयर गरौं)

बिहिबार, भदौ २५, २०७७
0
702

भदाै २५ पाेखरा ।

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परिक्षा ब्यवस्थापन कार्यलय पोखराले आफ्नो सेवा क्षेत्रका बिध्यालयका प्रधानाध्यापकहरु र क्याम्पस प्रमुखहरुलाई आफ्नो विद्यालय वा क्याम्पस बाट कक्षा १२ को परिक्षामा सामेल हुने विद्यार्थीहरुको विवरण छिटोभन्दा छिटो पेश गर्नको निम्ति सुचित गरेको छ ।

कोरोना महामारीको असरले विद्यार्थीहरु आफ्नो विद्यालय भन्दा टाढा रहेको हुनसक्ने र त्यसले विद्यार्थीहरुलाई परीक्षामा सामेल हुन गाह्रो हुने अवस्थालाई मध्यनजर गर्दै विद्यालय र क्याम्पसहरुलाई विद्यार्थीको वर्तमान अवस्थाबारे विवरण पठाउन अनुरोध गरिएको हो ।

कोरोना महामारीले सबै क्षेत्र आक्रान्त पारेको अवस्थामा शैक्षिक क्षेत्रमा पनि सबैको सामुहिक प्रयत्नले मात्र विद्यार्थीको स्थगित परीक्षा लगायतका शैक्षिक गतिविधि संचालन गर्न सकिने कुरा अनुरोध गर्दै यही भाद्र महिनाको २९ गते सोमवार भित्र तोकिएको ढॉंचामा विद्यार्थीको विवरण तयार गरी hsebpkr@gmail.com पठाउन अनुरोध गरेको छ ।

साथै विद्यालयले कक्षा १२ को प्रयोगात्मक परीक्षा लिएर पनि हालसम्म कार्यालयमा प्राप्तांक पठाउन नसकेको अवस्था छ भने विद्यार्थीको हाज़िरी र प्राप्तांक स्लीप प्रमाणित गरी सम्भव भए सोझै कार्यालयमा पेश गर्न र यदि सो सम्भव नभए ती doc scan गरी २०७७/०५/२८ गतेभित्र hsebpkr@gmail.com मा मेल गर्नको निमित्त अनुरोध गरेको छ ।

विद्यालयगत विवरण पठाउने ढाँचा निम्नानुसार रहेको छ ।         

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here