गजल

शुक्रबार, भदौ २६, २०७७
0
209

गयाे उडेर गयाे मन, फर्केर आउदैन ।
फेरि त्याे बचपन, फर्केर आउदैन ।

गरिबी र बेराेजगारीले, प्रदेशिएकाे छाेराे,
सम्झेर साहुकाे आँगन, फर्केर आउदैन ।

तपाईं निकै साेचेर मात्र, बाेल्ने गर्नुस महाशय,
किनकि निस्किएकाे वचन, फर्केर आउदैन ।

यदि शत्रु कमाउनु छ भने, अचुक उपाय यहि हाे,
आफन्तलाई दिनुस धन, फर्केर आउदैन ।

विज्ञान अक्सर सधै, यहि कुरामा चिन्तित रहन्छ,
कि नष्ट भएपछि ओजन, फर्केर आउदैन ।

काजी सुनार
माेदि गा.पा.-५, पर्वत
हाल, लमजुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here