मनासलु सम्वाददाता
देशैभरी सार्वजनिक सवारी साधनहरु नचलिरहेका बेला देशकै ठूलाे यातायात कम्पनी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउने भएकाे छ ।
असोज १ गते विश्वकर्मा पूजाको दिन पारेर कम्पनी मातहतका सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी कम्पनीले गरेकाे हाे । सरकारले ताेकेकाे १.५ प्रतिशत भाडा लिएर देशै भरी सवारि सञ्चालनन गर्ने कम्पनीका अध्यक्ष याेगेन्द्र बहादुर केसीले बताए ।
हामी हाम्रा चालक, सहचालकलाइ मास्क ,ग्लाेव ,भाइजर लगाएर सुरक्षित बनाउँछाैँ । यात्रुहरुले मास्क अनिवार्य मास्क लगाएर आउनुपर्छ गाडि चढ्नु अघि हामी स्यानीटाइजरले हात धुन लगाउँछाै उनले भने । सरकारले सवारी सञ्चालनको लागि अनुमति नदिए पनि उक्त दिनबाट सार्वजनिक सवारीसाधन सञ्चानमा ल्याउने बताए ।
पृथ्वीका गाेरखा शाखा प्रमुख ढुङ्गानाले के भने ?
अरु कम्पनी स्वास्थ्य प्राेटाेकल लागु गरेर खुला हुने यातायात कम्पनी खाेल्न किन नहुने ? हामी साैताका छाेराहरु त हैनाै हाेला नी, राेगसँग लड्न गर्नुपर्ने प्रतिकार गर्न तयार छाैँ, तर भाेकसँग लड्नका लागि यातायात सञ्चालन गर्न लागेका हाैँ कम्पनीका गाेरखा शाखा पंमुख राजन ढुँगानाले भने । व्यावसायी कसरी चलेकाे छ आफ्नाे ठाउँमा रह्याे तर त्यहाँ काम गर्ने मजदुरकाे अवस्था ६ महिना देखि के भएकाे हाेला ? साेचनीय छ नी ! बैँकले सबैकाे किस्ता आयाे हजुरकाे के भयाे भन्दै फाेन गर्छ,सवारी चलाउन पाएकाे छैन के उत्तर दिने भन्दै उनले प्रतिप्रश्न गरे । उनले भने असाेज १ गतेबाट गाेरखाबाट पृथ्वि यातायात सवारीहरु गुड्छन ।
गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकार तिर्थराज भट्टराइ के भन्छन् ?
व्यावसायिहरुले हामीले यातायात सञ्चालन गर्न पाउनुपर्याे भन्नुभएकाे छ, सवारी सञ्चालन गर्ने आधारहरु के के हुन्, कार्ययाेजना र प्रतिवेदन ल्याउनुपर्याे नी ! मानिसहरु ओसारपसार गर्दा सङ्क्रमण भयाे भने कसले त्यसकाे जिम्मेवारी लिने ? असाेज १ भन्दा अगाडि गाेरखामा कुनैपनि सवारी चल्दैनन्, त्यसपछिका लागि जिल्ला भित्र सवारी सञ्चालनका बारेमा यातायात व्यावसायिहरुसँग बसेर छलफल गरिने उनले बताए ।






