गजल

आइतवार, भदौ २८, २०७७
0
208

बा ले छोराको सनाखत गर्नु पर्ने समय आयो
सम्झिनुस अब झुपडिमा ठुलो प्रलय आयो

न दर्शक खुशिछन न तिम्रो रंगमञ्च बन्द हुन्छ
बजारमा सरकारको नराम्रो अभिनय आयो

बोल्न त मलाई पनि कहाँ रहर हो ए सरकार
फेरि तिम्ले गरेका कालाकर्तुतको बिषय आयो

जो हिजो भ्रष्टचार बलत्कार गरेर दोषि कहलिए
आज उसैको रिहाई छ सडकमा जयजय आयो

छिमेकीले नेपाल आमाको छातिमा राज गर्दैछ
सिँहदरबारबाट पनि चित्त नबुझ्दो निर्णय आयो

सुरज विक (निर्दोष)
    अछाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here