मुक्तक १
मेरा खुसी हत्याउनलाई अघि – अघि सर्छौ किन ?
बोल प्रिया ईच्छा भए छड्के आँखा तर्छौ किन ?
उसको जस्तो सुन्दर महल छैन सानु बिद्रोहीको,
माया भए यो मन बुझ धनको सवाल गर्छौ किन ?
मुक्तक २
छोटो आयु बोकि हिँड्ने दशैं टार्ने बलि नठान्नु
जे गर्दा नि राम्रो हुने यो जमाना , कलि नठान्नु
समाजका ति अन्याय र अत्याचारको बिरोधी हूँ ,
सामन्तको चाकड गर्ने नोकर, दासी, हली नठान्नु
मुक्तक ३
मादलुको भुईमा झर्या , खरी भा’छ जीवन
साउन मासको डरै लाग्दो झरी भा’छ जीवन
सुख , खुसी ,हर्ष के हो ? नसोध्नु है मलाई ,
पिंजडामा रुँदै बस्ने , चरी भाछ जीवन
मुक्तक ४
भ्रष्टाचारको बिरोधी हूँ राज्यद्रोही ठान्दे सरकार
तँ बिरुद्ध मेरा यि हात हतकडीले बान्दे सरकार
बलत्कारी , तस्करीलाई तैंले किन बचाउ गर्छस् ?
बिद्रोही भै’ निस्कें अब सक्छस् गोली हान्दे सरकार
मुक्तक ५
दीनदु:खीको आत्मा मार्ने मेरो वचन तीर नबनोस्
दाजु भाईमा युद्द गरि , कोही नि यहाँ वीर नबनोस् हिमाल जस्तै अटल रहोस् उस्तै मिठो मुस्कान बाँसको जस्तो झुकि राख्ने नेपालको शिर नबनोस्
युद्दकवि’ देब के. सी.
शिवपुरी गा. पा. – १,
तलाखु , नुवाकोट






