गजल

मङ्लबार, भदौ ३०, २०७७
0
186

के मात्र सिकाएनन् मान्छेलाई कमिलाहरुले।
हेर्नुस् पर्खालमा जिन्दगी कटाए किलाहरुले।

कात्रोमा खल्ति हुदैन यति बुज्नुस् महासय
सिर्फ कफन संग बाटो लगाउछन टिलाहरुले।

जून टिप्न नलगाउ प्रीया तारा झार्न नलगाउ
यहाँ कमल फूलाई दिएका छन हिलाहरुले।

कैले देऊता कैले प्रेम, पूजीरहे मान्छेहरू
तर कहिल्यै गुनासा गरेनन् कोपिलाहरुले।

मान्छेमा अहम्ताको भूत कैल्यै सेलाएन
बरु देऊता बनी देखाई दिए शीलाहरुले।

प्रीन्स याक्खा ‘प्यासी’
संखुवासभा
हाल-लण्डन, युके।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here