गजल

मङ्लबार, भदौ ३०, २०७७
0
147

ठिक छानिएको छ थुप्रै बेठिकबाट !
म यो नियालि रहेकोछु नजिकबाट !!

‘यो संसार मान्छेहरुको प्रयोग रहेछ’ !
यस्तो बिज्ञप्ति आयो बैज्ञानिकबाट !!

किन उपहारमा मलाई आगो दियौ ?
र किन बनायौ मलाई प्लाष्टिकबाट ??

ए ! जीवन, भोलि देश कसरी रहला ?
आज देश पढिएन भने नागरिकबाट !!

जीवन सराेवर                                                तुर्माखाद गा.पा.६ अछाम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here