सूचना प्रविधि विभागले विद्यालय तहको कक्षा ४ देखि कक्षा १२ सम्मका गणित र विज्ञानका विषयको डिजिटल शिक्षण सामग्रीहरुको भिडियो आफ्नो युट्युब च्यानल department of information technology मा राखेको छ । यस्ता डिजिटल शिक्षण सामग्रीहरु एकपटक विकास गरिसकेपछि आवश्यक जति पनि संख्यामा नि:शुल्क कपि गरेर प्रयोग गर्न सकिने र विज्ञान¸ गणित जस्ता शैक्षिक विषयवस्तुहरु तथ्यगतरुपमा परिवर्तन नहुने हुँदा सम्पूर्ण विद्यालय¸ शिक्षक एवं विद्यार्थीहरुको लागि सँधै उपयोगी एवं अत्यन्तै प्रभावकारी हुने गर्दछन् ।
नेपालको दुर्गम क्षेत्रहरुमा दक्ष शिक्षकहरुको उपलब्धता कमै मात्र हुने भएकोले दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाबाट बंचित हुने समस्यालाई मध्यनजर गरी दक्ष तथा बिशेषज्ञ शिक्षकले शिक्षण गरेको शिक्षण श्रब्य दृश्य सामग्री तयार गरि दुर्गम क्षेत्रमा सूचना प्रविधिको माध्यमबाट प्रदान गर्न सकेमा निकै उपलब्धि मुलक हुने देखिएको छ | त्यसैले सुचना प्रबिधि विभागले विगत ३ वर्ष देखिनै विभिन्न विषयवस्तुहरुलाई समेट्ने गरि विभिन्न डिजिटल कन्टेन्टहरु निर्माण गरि विभागकाे अनलाइन YouTube च्यानलमा अपलाेड गरिएको छ |
सूचना प्रबिधि विभागद्वारा निर्माण गरिएको डिजिटल कन्टेन्टहरु:
- कक्षा ४ देखि १० सम्मको अनिवार्य विज्ञान विषय
- कक्षा ४ देखि १० सम्मको अनिवार्य गणित विषय
- कक्षा ९ र १० एेच्छिक गणित
- कक्षा ११ विज्ञान (भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञान) र गणित
- कक्षा १२ विज्ञान (भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञान) र गणित माथि निर्माण गरिएका सबै डिजिटल कन्टेण्टहरु विभागको आधिकारिक Youtube च्यानल (Department Of Information Technology) बाट समेत हेर्न र डाउनलोड गर्न सकिन्छ ।






