चितवन । गुरुङ धार्मिक संस्था तमु प्ये ल्हु संघ चितवनले पिडित नागरिकहरुलाई खाना खुवाउन सहयोग गरेको छ। विगत ३१ दिन देखि लकडाउनको समयमा समेत वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रले सडक वेवारिसे रहेका नागरिकलाई चितवनको नारायणी नदी किनारमा निःशुल्क खाना खुवाई रहेको छ। सोहि संस्था मार्फत तमु प्ये ल्हु संघले चितवनले पनि पिडित नागरिकहरुलाई खाना खुवाउन सहयोग गरेको हो।

संघले आज नारायणी नदी किनारमा नै पुगेर पिडित नागरिकहरुलाई एक छाक खाना खुवाउन लाग्ने शुल्क रकम केन्द्रलाई नगद ८ हजार २ सय रुपैयाँ उपलब्ध गराएर सहयोग गरेको हो। उक्त रकम संघका अध्यक्ष जगत बहादुर गुरुङले केन्द्रका कार्यक्रम संयोजक सीता कुँवरलाई हस्तान्तारण गरेको थियो। रकम हस्तान्तरणका लागि संघका वरिष्ठ उपाध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष लाल बहादुर गुरुङ, सचिव बिक्रम गुरुङ, कोषाध्यक्ष मिन बहादुर गुरुङ, महिला समितिका अध्यक्ष इन्द्रा गुरुङ, युवा समितिका अध्यक्ष राजिव गुरुङ लगायतको सहभागिता रहेको थियो।






