नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु, के निर्णय होला ?

आइतवार, असाेज ४, २०७७
0
287

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक तत्कालीन नेकपा माओवादी केन्द्रको कोटेश्वरस्थित मुख्यालय पेरिसडाँडामा भर्रखरै शुरु भएको छ ।

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि एमाले पार्टी कार्यालय धुम्रबाराही र प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्दै आएको थियो । बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत सविचलायका नौ जना सदस्यको सहभागिता रहेको छ ।

पार्टी कार्यालयको माथिल्लो तलामा भौतिक दूरी कायम हुने गरी पार्टीका शीर्ष नेता बैठकमा सहभागी भएका छन् । मुख्य गरी दुई पार्टीबीच एकीकरण भए पनि भावनात्मक एकीकरण हुन नसक्दा बेलाबेलामा एमाले र माओवादी केन्द्रबीच पूर्वसमूहका रुपमा विवाद देखिँदै आएको छ । तत्कालीन माओवादी केन्द्रको मुख्यालयमा बैठक बस्दा नेकपा नेता, कार्यकार्ताका बीचमा एकताको भाव वलियो हुने नेकपाका एक स्थायी कमिटी सदस्यले बताए ।

बैठकमा यसअघिको सचिवालय बैठक र स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै मन्त्रिमण्डल पुनःगठन, एकीकरणका बाँकी काम टुङ्ग्याउने र संवैधानिक तथा राजनीतिक नियुक्तिलगायत विषयमा छलफल हुने नेकपा निकट स्रोतले जनायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here