बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँराका एक जना सुुर्य ज्योति मावि क्वारेन्टाइनमा बसेका नागरिक फरार

आइतवार, असाेज ४, २०७७
0
115

गोरखा  । गोरखाको बारपार सुलिकोट गाउँपालिकामा क्वारिन्टीनमा बसेका एक ब्यत्ति भागेका भएका छन् ।भारतबाट आएर क्वारेन्टिनमा बसेका ति ब्यत्ति क्वारिन्टीनबाट रातको समयमा भागेका हुन । बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँराको सुुर्य ज्योति माविमा बसेका उनी स्वाँराकै भएको पुष्टी भएको छ । ‘४/५ दिन भयो आएको, हिजो राती कति बेला फरार भए थाहै पाएनौ ।

हामीले स्थानिय जन प्रतिनिधी संग समन्वय गरेका छौ । कोशिस जारी छ ।’ बारपाक सुलिकोट गाउँपालिकाका प्रमुख बिष्णुप्रसाद भट्टले भने ।

क्वारिन्टीनबाट भाग्ने व्यक्ति लुरे सार्की भएको र उनी असोज १ गते भारतको कश्मिरबाट आएर बसेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ ।

क्वारिन्टीनमा बसेका ब्यत्ति फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पनि पुष्टी गरेको छ । उनी घर तर्फ गएको भन्ने सूचना आएकोले प्रहरी परिचालन गरि खोजी भई रहेको प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here