अछाम देखि मिन बाब्लि मिलन को गजल

सोमवार, असाेज ५, २०७७
0
218

किन गर्छौ यस्तो हतार साझ परेसी आउनु
जे जे माग्छौ दिन तयार साझ परेसी आउनु

जिब्रो टोक्दै कंशहरु मुल्य सोध्न आउछन्
गर्ने भए ज्यानको उद्वार साझ परेसी आउनु

आँखा खोलेरै निदाउछु भोक चपाएर बस्छु
हेर्न सडक पेटि मेरो संसार साझ परेसी आउनु

अर्धनग्न हुन्छ शरिर कुरुप हुन्छ यो चेहरा
धुवाँ धुलो हुन्छ श्रृङ्गार साझ परेसी आउनु

देखाई दिन्छु दिल खोलेर द्रदहरु जिन्दगीका
हजुरलाई निम्तो सरकार साझ परेसी आउन

सयपत्री,मखमली के के चाहिन्छ तिमीलाई
गरेकिछु फुलेको ब्यापार साझ परेसी आउनु                                                                                          मिन बाब्ली मिलन                                            अछाम गजल मञ्च सचिव
प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेश सदस्य
साँफेबगर नगरपालिका १३ बाब्ला, अछाम
bablimilan9@gmail.com

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here