गाेरखा । गोरखामा साेमबार थप ४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । गोरखा क्याम्पसको आइसोलेसनमा उपचाररत गोरखा नगरपालिका वडा नम्बर ६ र ८ का संक्रमितहरु निको भएर घर फर्किएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
उपचार पछि निको भएर घर फर्कनेहरुमा वडा नम्बर ६ का २७ बर्ष, ३६ बर्ष र ४९ बर्षका ३ पूरुष रहेका छन् भने वडा नम्बर ८ का २३ बर्षका एक पुरुष रहेका छन ।
जनस्वास्थ्य प्रयोशाला काठमाण्डौ र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएको १४ दिन आइसोलेसनमा रहदा लक्षण तथा चिन्ह नदेखिएपछि उनिहरुलाई डिस्चार्ज गरिएको सूचना अधिकारी ढकालले जानकारी दिए ।





