निकि छैकि मैना चढि क्याछ तेरो हाल
सम्झन्छु तुहिकि मत आँखा आँशु ताल
जादि छैके मेला पात गाई बाख्रा लिकन
बाणुल्कि लाई हेलेई मकि मेरि हिरा लाल
साँटा आयो भन्दि थिई आउदो भए अब
जेपो भनुन गाँउले सारा ब्या अरौ ऐ साल
भुल्लि कि गोठाले माया टाढा भया पछि
कन्लै पनि रिस न गर्या हाम्रो माया जाल
पूरा होईजाउ मनका जसो तु मैले सोचेको
कि बाँचौ हजारौ बर्ष कि सातै लैजा काल
सुरज बिक निर्दोष
लयाँटि ७ तप्सि अछाम
हाल : मुम्बई






