गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ ले वडा बाहिर रहेकाहरु दशैमा घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने निर्णय गरेको छ । वडाध्यक्ष सुरज ढकालले एक सूचना जारी गर्दै दशै तथा चाडपर्व नजिकिदै गएका बेला घर आउदा अनिबार्य पिसिआर रिर्पोट ल्याउनु पर्ने निर्णय भएको बताएका छन् ।
पिसिआर रिर्पोट लिएर आएकाहरु पनि वडा भित्र प्रबेश गरेसंगै थप १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम समेत बनाइएको वडाध्यक्ष ढकालद्धारा जारी गरिएको सूचनामा भनिएको छ । त्यस्तै वडा भित्र आउदा स्थानीय कोरोना प्रतिकार्य समुहलाई पूर्व सूचना दिएर मात्र आउनु पर्ने तथा वडा कार्यालयको नियम उल्लधन गरेको पाइएको गाउँमा बाहिरबाट आएका व्यक्तिलाई सामुहिक क्वारेन्टिनमा राखिने र त्यसको खर्च समेत व्यक्तिले बेहोर्नु पर्ने निर्णय वडा कार्यालये गरेको छ ।
गाउँमा प्रवेश गर्ने र क्वारेन्टिनमा बसेका मानिसको निग्रानी भने स्थानीय कोरोना प्रतिकार्य समितिले वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले अन्य सर्वसाधरणलाई पनि सरकारले तोकेका स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड अपनाउन आग्रह गरिएको छ ।






