“नमस्ते आधुनिक लघुकथा मञ्च”द्वारा मञ्जुश्री असहाय संरक्षण केन्द्रका बालबालिकाहरूलाई सहयोग 

शनिबार, असाेज १०, २०७७
0
350

“नमस्ते आधुनिक लघुकथा मञ्च”को “लघुकथा साहित्य सँगसँगै मानव सेवा” भन्ने कार्यक्रम अन्तर्गत आज वि.सं. २०७७ असोज १० गते मञ्चले “मञ्जुश्री असहाय संरक्षण केन्द्र” मा रहेका २३ बालबालिकाहरूलाई एकदिनको बिशिष्ट खाना खुवाउन रू. ५,५००/- ( पाँच हजार पाँच सय रूपैयाँ ) सहयोग गरेकोछ । कार्यक्रम बिहान करिब ११ बजे शुरु भएको थियो । संस्थाका तर्फबाट अध्यक्ष घनश्याम डल्लाकोटी ” कृष्णजी शर्मा ” , सचिव मनोज अज्ञात , कोषाध्यक्ष श्री सुदर्शन कँडेल , सदस्य श्री नानी बिवु , मञ्चका कुशल वाचक लक्ष्मण भट्ट , मञ्चकी शुभचिन्तक श्री सुदिक्षा पण्डित डल्लाकोटी तथा श्री आरती शर्माको उपस्थिति रहेको थियो । “मञ्जु असहाय संरक्षण केन्द्र”को तर्फबाट केन्द्र की अध्यक्ष मञ्जु खाँण , केन्द्रको गण्डकी प्रदेश संयोजक संगिता सुवेदी , २३ बालबालिकाहरू तथा केन्द्रका सहयोगीहरूको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा उद्घघोषणको भूमिका यसै मञ्चका सचिव तथा शेफर्ड एफ एम ८९.२ मेगाहर्जबाट “मनको मझेरी” लघुकथा वाचन कार्यक्रमका उत्पादक , कुशल वाचक तथा टुकी उपन्यासका कृतिकार श्री मनोज अज्ञात र “नमस्ते सुन्ने लघुकथा”का वाचक श्री लक्ष्मण भट्टले गर्नु भएको थियो । श्री लक्ष्मण भट्टले बालबालिका बिषयक ११ लघुकथाहरू वाचन गरेर बालबालिकाहरूलाई सुनाउनु पनि भएको थियो ।


“लघुकथा साहित्य सँगसँगै मानव सेवा” कार्यक्रम “नमस्ते आधुनिक लघुकथा मञ्च”का अध्यक्षको सभापतित्वमा सञ्चालन भएको थियो । “मञ्जुश्री असहाय संरक्षण केन्द्र”की प्रमुख श्री मञ्जु खाँण प्रमुख अतिथि हुनुहुन्थ्यो भने केन्द्रकी, गण्डकी प्रदेश संयोजक श्री संगिता सुवेदी अतिथि हुनुहुन्थ्यो । “लघुकथा सँगसँगै मानव सेवा” कार्यक्रममा मञ्चका अध्यक्ष श्री घनश्याम डल्लाकोटी” कृष्णजी शर्मा”ले छोटो स्वागत मन्तव्य राख्नु भएको थियो । उहाँले मन्तव्यमा भन्नु भएको थियो , ” समाजमा खान लाउन पुग्ने वर्गको पहुँचमा मात्र साहित्य सीमित छ । अनाथ र असहाय बालबालिकाहरू र मानवहरूको लागि साहित्य, पहुँच भन्दा पर छ । उहाँहरूलाई मञ्चले सकेको सानोतिनो भरथेग गर्न ‘लघुकथा सँगसँगै मानव सेवा’ कार्यक्रम लिएर हामी तपाईंहरूका बीच आएका हौँ , मानविय जिम्मेवारी पनि वोध गरेका हौँ । आगामी दिनमा पनि, जन्मोत्सव र पुण्य कार्यहरूबाट संकलित रकम, मञ्चले विभिन्न ठाउँमा विपन्न र असहाय मानवहरूलाई सहयोग गर्दै जानेछ । मञ्चले विभिन्न असहाय संरक्षण केन्द्रहरू , आश्रमहरू र मानवहरूसँग सहयोगी हातहरूलाई जोड्ने साँघुको काम पनि गर्नेछ । मञ्चले आगामी शनिवार , असोज १७ गते , देवघाटको रोटरी कल्याण वृद्धाश्रममा रहेका ३८ वृद्ध वृद्धाहरूका साथै आश्रम बाहिर रहेका करिब ५०-६० असहाय र भोकाहरूलाई पनि विशिष्ट खाना खुवाउन रू. १०,०००/- ( दस हजार रुपैयाँ ) सहयोग गर्ने छ ।”

मञ्चका अध्यक्षको छोटो स्वागत मन्तव्य पश्चात, उहाँले “मञ्जुश्री असहाय संरक्षण केन्द्र”की अध्यक्ष श्री मञ्जु खाँणलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । मञ्चकी सञ्चालक समिति सदस्य तथा उपन्यासकार श्री नानी बिवुले आफूद्वारा लिखित “अनुक्रोश” उपन्यासको दुई पुस्तकहरू हस्तान्तरण गर्नु भएको थियो । अनुक्रोश उपन्यासमा , अनाथ , असहाय र बाबुआमाले अलपत्र छोडेका बाबुनानीहरूकै कष्टपूर्ण जीवन समेटिएको छ । न्यूनदृष्टि भएकी नानी बिवुले मोवाइलमा नै तयार पारेको यस उपन्यासमा अभिभावकत्व गुमाएर अनाथ बेसहारा हुन पुगेका बालबालिकाको मनोविज्ञानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । बालबालिका अनाथ हुनु, सडकमा आइपुग्नुका विविध कारणहरु, त्यहाँ उनीहरुको जीवन, दु:ख, संघर्ष, सडक बालबालिकालाई आम मानिसले हेर्ने दृष्टिकोण, उनीहरुसँग गर्ने व्यवहार, उनीहरुले आम मानिसबाट के चाहेका छन् र आम मानिसहरुले के दिएका छन् ? र मानिसहरुको व्यवहारले ती कलिला बालमस्तिस्कमा कस्तो असर पारेको छ ? भन्ने कुराहरु र बालमनोविज्ञानलाई कुशलतापूर्वक प्रस्तुत गर्दै समाजको विकृति, विसङ्गति , व्यथिति मानिसको सङ्कीर्ण सोच तिनले निम्त्याएको बिकराल परिस्थितिमाथि आफ्नो कलमद्वारा तिखो वाण प्रहार गर्नुभएको छ ।

“मञ्जुश्री असहाय संरक्षण केन्द्र”की अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि श्री मञ्जु खाँणले आफ्नो धन्यवाद मन्तव्यमा भन्नूु भएको थियो , ” साहित्यमा लागेका मान्छेहरू सहयोग गर्न आउनु अत्यन्त प्रशंसनिय र प्रेरणादायी कुरा हो ।” उहाँले नमस्ते आधुनिक लघुकथा मञ्च र यसका सञ्चालक समिति , अभिभावक तथा सल्लाहकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम करिब डेढ घण्टा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here