भाग्यले पनि जिन्दगी संग क्या खुब छल गर्यो
न दुखमा सम्झौता गर्यो न सुखमा छलफल गर्यो
भगवान पनि आश्वासन मै राख्दा रहेछन बुझेँ
न सुखमा राख्यो न त समस्या को हल गर्यो
जीवन दिनेहरुलाई जिन्दगी बाट टाढा राखेर
मित्रले जिवन बचाउन पत्थर संग भाकल गर्यो
हिजो देशकै लागि भनेर हजारौ मारीए देशमा
आज उसैले पदको लागि पाटी फेरबदल गर्यो
छिमेकी सम्झेर जस्लाई हात मिलाएको थे
आज उसैले मेरो आँगनमा खै किन दखल गर्यो
सुरज बिक निर्दोष
जन्म स्थान : प.बि.न.लयाटी ५ अछाम
हाल : मुम्बई भारत
अध्यक्ष : नेपाली साहित्य प्रतिष्ठान भारत मुम्बई






