चाडपर्वका समय बजारमा कालोबजारी र कृत्रिम अभाव गर्नेलाइ कारवाही गर्ने

बुधबार, असाेज १४, २०७७
0
173

असाेज १४ गाेरखा ।  जिल्ला प्नशासन कार्यालय गोरखाले चाडपर्वको मौका छोपी बजारमा कालोबजारी र कृत्रिम अभाव खडा गर्नेलाइ कारवाही गर्ने बताएकाे छ ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, तिहार, छठ, इद लगायतको पर्वको अबसर पारी खाद्य तथा गैह्रखाद्य सामाग्रीको उपभोग तथा किनमेल बढ्ने भएकाले बजारमा यस्ता सामाग्रीको कृतिम अभाव र कालोबजारी हुनसक्ने तर्फ उपभोक्ताहरुको ध्यानकर्षण गराएको हो ।

बजारलाई व्यवस्थित तथा उपभोक्ताको हित अनुकुल बनाउन पनि सम्पूर्ण व्यवसायी, उद्योगी व्यापारीहरुलाई पनि प्रसासनले आग्रह गरेको छ । सूचनामा उपभोक्ताहरुलाई मूल्यसूची वा बस्तुको लेवलमा अंकित मूल्य हेरेर मात्र खरिद गर्न, आफुले खरिद गरेको बस्तुको नापतौल उल्लेख गरेर मात्र खरिद गर्न, खरिद गरिएका बस्तुको गुणस्तरीयतामा ध्यान दिन, खरिद गरिएका बस्तुको अनिबार्य बिल लिन समेत आग्रह गरिएको छ ।

त्यस्तै उत्पादन मिति, उपभोग्य मिति, केरमेट गरेको वा पुनः लेबलिङ वा छपाई गरेको बस्तु खरिद नगर्न, बिक्रेताले बिक्रि कक्षामा मूल्इ सूची राखेको छैन, प्याकिङमा मूल्य उल्लेख गरेको छ छैन हेर्न, औषधी वा औषधीजन्य पर्दाथ भएको सोको प्याकिङमा प्रयोग गर्ने तरिका उल्लेख छ छैन हरेर मात्र खरिद गर्न प्रशासनले भनेको छ ।

व्यवसायीहरु मूल्य तौल र गुणस्तरमा ठगिएमा तत्काल जिल्ला प्रसासन कार्यालयमा उजुरी गर्नपनि प्रशासनले उपभोक्ताहरुलाई आग्रह गरेको छ । प्रशासनले जारी गरेको सूचनामा उद्योगी व्यवसायीहरुले अनिबार्य मूल्य सूची राखेर सामान बिक्रि गर्न, बस्तु उत्पादन गर्ने उद्योग भए अनिबार्य दर्ता प्रमाण पत्र इजाजत पत्र सवैले देख्ने गरि राख्न, बस्तुको उत्पादन मिति, उपभोग मिति, व्याच नम्बर अनिबार्य देख्ने गरि उल्लेख गर्न खाद्य पर्दाथ औषधी जस्ता उपभोग्य बस्तुमा उत्त बस्तुको मिश्रण र त्यसको परिणाम उल्लेख गर्न तथा गुणस्तर निर्धारण भएको उपभोग्य बस्तुमा सो बस्तुको गुणस्तर चिन्ह अंकित गर्न भनिएको छ ।

सूचनामा मार्फत व्यापारीहरुलाई उपभोक्ताले देख्ने गरि मूल्यसूची राख्न, उपभोग्य बस्तुका सामानको उत्पादनको नाम, मिति, उपभोग गर्न मिल्ने समय, मूल्य आदि स्पस्ट उल्लेख नगरिएको खाद्य बस्तु बिक्रि नगर्न, अनिबार्य बिल उपलब्ध गराउन, अनुचित नाफा नलिन, कृत्रिम अभाव सिर्जना नर्गन भनेको छ । त्यस्तै खाद्यबस्तुमा गैह्रखाद्य बस्तु मिसावट भएको पाइए कारवाही गरिने प्रसासनले जनाएको छ । प्रसासनको निर्देशनलाई वेवास्ता गरि कालोबजारी र कृतिम अभाव गराइएको पाइए कानुन बमोजिम कारवाही हुने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईद्धारा जारी सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here