सुरेश कुमार पाण्डे को गजल

आइतवार, असाेज १८, २०७७
0
250

आयो भन्छन दँशै र तिहार के गरौँ,
गरिबलाई समस्या को घार के गरौँ।

सदै गरिबलाई मेला पर्व मा समस्या,
हेर कोरोनाले झनै पय्रो भार के गरौँ।

छोरा छोरी परदेशमै घर रित्तो देख्छु,
आफुनै अस्वास्थ छुँ उपचार के गरौँ।

आयाश्रोत छैन न खेत बारी आफ्नो,
सदै महेगी बढ्छ बारम बार के गरौँ।

सरकार भन देशका जनता काँ जाउँ,
भ्रष्टचार फैलिदैछन लगातार के गरौँ।

एकातिर कोरोना ले सतौँदैछ जनता,
उस्तैछ बेरोजगारीले दिक्दार के गरौँ

लडाएर जाति र क्षेत्रियताको नाउँमा,
दुष्टले देश नै पार्यो नाङ्गेझार के गरौँ।
सुरेशकुमार पान्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here