सुरेश कुमार पाण्डे को गजल

शनिबार, असाेज २४, २०७७
0
214

जनताको सदै उठिबाश भयकोछ देशमा,
मज्दुरहरु ता बिन गाश भएकोछ देशमा।

देश लाई आत्मा निर्भर नगाराउँदा हेर्नुश,
दुख्खै दुख को धेरै राश भएकोछ देशमा।

जति अतिक्रमणको बिरुद्ध मा उफ्रे पनि,
साम्राज्यावादी नै खाश भएकोछ देशमा।

लेख्छन ठुला ठुला पुस्तक नैतिकता को,
तर भ्रष्टचारीहरुनै पाश भएकोछ देशमा।

जहिले पनि तानाशाही बिरद्ध गर्जिन्छन,
जनक्रान्तिको धेरै आश भएकोछ देशमा।

मुक्तिका कुरा गर्दै सहिदको खेति गरेपछि,
होनहार युवाहरुको नाश भएकोछ देशमा।

समाबेसी र समाजबाद अनमुख भन्दछन,
रद्धि पुँजिवादी आभाश भएकोछ देशमा।
सुरेशकुमार पान्डे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here