बारपाक स्थित मान्द्रेमा आधारभूत स्वास्थ्य सेवाकेन्द्रकाे स्थापना

सोमवार, असाेज २६, २०७७
0
192

असाेज २६, गाेरखा ।  गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित बारपाकमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना भएको छ । गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले आइतबार एक कार्यक्रमका बिच मान्द्रेमा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेका छन् ।

बारपाक स्थित पोखरी, स्नान, अल्गङ, तुम्सिका, बाल्फे लगायतका क्षत्रेका नागरिकहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष भट्ट सहित, उपाध्यक्ष सनमाया गुरुङ लगायतको सहभागिता रहेको थियो ।

नयाँ स्थापना गरिएको स्वास्थ्य सेवा केन्द्रमा एक जना अहेव र अनमीले तत्कालका लागि सेवा प्रदान गर्न सुरु भएको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

स्वास्थ्य सँस्था टाढा हुँदा सामन्य विरामी हुँदा पनि धेरै समय लगाएर बारपाककाे केन्द्र जानुपर्ने अवस्था रहेकामा अव गाउँमै औषधी उपचार पाउने भएपछि आफूहरुलाइ खुशी लागेकाे स्थानीय गाैतम गुरुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here