कविता : दोबाटो बिर्सनेहरु प्रति

बिहिबार, कार्तिक १३, २०७७
0
257

सायद दाेवाटाे विर्सिएर हाेला
आफ्नै विम्वमा अल्झिए झै
त्यस वखतकाे समय
घडी बन्द भएझै राेकिएछ
उषाकाे मिर्मिरे विहानिमा
चिर्विर चरिहरुकाे आवाज
दिवाकाे टन्टलापुर प्रचण्ड धुपमा                        आकाश भरी
काककुल हरुकाे बथान
कतै समय पाे कैदि भएर हाे कि
यत्र तत्र छरीएका काेराेनाले लाशहरु
मानव मानव विचकाे काेलाहल
गाउँ वस्ती टाेल हरुमा
सुन्दर प्रकृतिकाे सपना हराएछ
पल्लाे गाउकाे हर्के खर्के हरु
आफ्नै इतिहासकाे
कुम्लाे कसेर
वेहालमा प्रवासिन कसुर छन
हर्ष उल्लासलाइ गुमाएर
हृदय खाेलि
चिच्याउन विवश छन
सायद दाेवाटाे विर्सिएर हाेला!                         श्रीबहादुर केसी शैलुङ्गे
भक्तपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here