लोचन “फूलको थुङ्गा”का मन छुने गजल

शुक्रबार, कार्तिक १४, २०७७
0
291

अभिनय गरियो सम्बन्धकाे डाेरी टुटे पनि
बाहिर बेफिक्री छु भित्र भित्रै मुटु दुखे पनि

सत्य आखिर यहीँ हाे डुबेर ओभाए काे हाे ऊ
सधैं मेरो अभावमा हुनेछ चाहेको पुगे पनि

तितो सत्य सायदै कहिल्यै पखाल्न सकिदैन
पखाल्दा पखाल्दै महाकाली कर्णाली सुके पनि

प्यासीले मरुभूमि छिचोल्नु जस्तै, उसको माया
प्रायः मेरै यादमा उसको सिरानी रुझे पनि

एउटा जीवनको आयु सकिनु हो सकिन्छ नै
अब टाढा यो फूलको थुँगा’ साइत जुरे पनि

लोचन ‘फूलको थुँगा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here