बस्छु सम्झी तिमी,आउँदैनाै किन
प्रेमकाे पासमा , धाउँदैनाै किन ?
कृष्णकाे भेषमा, आफुमा मक्ख छाै
बाँसुरी फुक्दछाै , गाउँदैनाै किन ?
बागमा टेक्दछाै , वासना खाेज्दछाै
प्यासकाे न्यूनता , दाउँदैनाै किन ?
दुख्दछाै सम्झदा , प्रेमकाे वाटिका
उच्चतम् साेचले , छाउँदैनाै किन ?
निर्दयी बन्दछाै , घाउमा घाेच्दछाै
चित्तमा शान्ति नै , पाउँदैनाै किन ? बहरे मुतदारीक मुसम्मन सालिम
२१२ २१२ ,२१२ २१२
सकल नयन भिज्याे,गाँस जप्दै रहेछ
हृदय अपुग पानी, प्यास जप्दै रहेछ।
टुलुटुलु मन हेर्थ्याे,त्याे दयावान हाे की
असल मगज खाेज्दै , आश जप्दै रहेछ।
कतिपय तृसना त्याे,भन्न सक्दैन अाँशु
बिवश गह भिजाई,त्रास जप्दै रहेछ।
प्रहर छ भयकारी ,छैन ओखती याहाँ
अधर सहज बन्दै, दास जप्दै रहेछ।
मखमल छ पिताम्बर्,बाकसैमा छ हेर्नु
मरण नजिक भन्दै, तास जप्दै रहेछ। मालिनी छन्द
गण= न न म य य शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
हाल परदेश






