शर्मिला श्रेष्ठ का दुई छन्द गजलहरु

मङ्लबार, कार्तिक २५, २०७७
0
297

बस्छु सम्झी तिमी,आउँदैनाै किन
प्रेमकाे पासमा , धाउँदैनाै किन ?

कृष्णकाे भेषमा, आफुमा मक्ख छाै
बाँसुरी फुक्दछाै , गाउँदैनाै किन ?

बागमा टेक्दछाै , वासना खाेज्दछाै
प्यासकाे न्यूनता , दाउँदैनाै किन ?

दुख्दछाै सम्झदा , प्रेमकाे वाटिका
उच्चतम् साेचले , छाउँदैनाै किन ?

निर्दयी बन्दछाै , घाउमा घाेच्दछाै
चित्तमा शान्ति नै , पाउँदैनाै किन ?                        बहरे मुतदारीक मुसम्मन सालिम
२१२ २१२ ,२१२ २१२

सकल नयन भिज्याे,गाँस जप्दै रहेछ
हृदय अपुग पानी, प्यास जप्दै रहेछ।

टुलुटुलु मन हेर्थ्याे,त्याे दयावान हाे की
असल मगज खाेज्दै , आश जप्दै रहेछ।

कतिपय तृसना त्याे,भन्न सक्दैन अाँशु
बिवश गह भिजाई,त्रास जप्दै रहेछ।

प्रहर छ भयकारी ,छैन ओखती याहाँ
अधर सहज बन्दै, दास जप्दै रहेछ।

मखमल छ पिताम्बर्,बाकसैमा छ हेर्नु
मरण नजिक भन्दै, तास जप्दै रहेछ।                    मालिनी छन्द
गण= न न म य य                                            शर्मिला श्रेष्ठ
भैंशेपाटी,ललितपुर
हाल परदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here