हुन्छु म त फिका फिका तिहारकाे बेला
खस्दैछन् आँसुकाे ढिका तिहारकाे बेला
परदेश मा, न सयपत्री न सप्तरङ्गी
बैहिनी, के सम्झिनु टीका तिहारकाे बेला
मेरो प्याराे बहिनी नेपालमै छ हजुर
दाइ सायद अमेरिका तिहारकाे बेला
आफ्नाे भन्दा नि देशको लागि साेचौ बैनी
हेर्नु अबाेध बालबालिका तिहारकाे बेला
विगत सम्झिदा भावविभाेर भइयाे
थिए खुसी नानाभातिका तिहारकाे बेला
लोचन ‘फूलको थुँगा’






