गाेरखा नगरपालिका ३ कर्मचारी सहित ३५ जनामा काेराेना पुष्टि

शुक्रबार, कार्तिक २८, २०७७
0
199

कात्तिक २८, गाेरखा । । गोरखा जिल्लामा आज ३५ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । जिल्लाको गोरखा नगरपालिका भित्र ३२ जना र पालुङटार नगरपालिका भित्र थप ३ जनामा कोरोना संक्रमण भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गोरखा नगरपालिकामा संक्रमण पुष्टी भएका मध्ये ३ जना नगरपालिकाका कर्मचारी रहेका छन् । नगरपालिका कार्यालयका नक्सा शाखाका १ जना महिला कर्मचारी, होल्डीङ सेन्टरमा कार्यरत १ जना पुरुष कर्मचारी र वडा नम्बर ९ का प्राविधिकमा संक्रमण पुष्टीभएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

त्यस्तै गरी गोरखा नगरपालिका वडा नम्बर ५ मा २ जना पुरुष, वडा नम्बर ६ मा ३ जना पुरुष, ५ जना महिला, ८ मा ६ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण भएको छ । त्यस्तै वडा नम्बर ९ मा ४ जना पुरुष र ३ जना महिला र १० मा १ जना पुरुषमा संक्रमण पुष्टी भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गोरखा नगरपालिका भित्रका संक्रमितहरुमा १७ जना पुरुष र १५ महिला रहेका छन् । गोरखा नगरपालिकामा संक्रमण पुष्टी भएका मध्येका एकजना भने भीमसेन थापा गाउँपालिका वडा नम्बर १ का रहेका छन् । यता जिल्लाको पालुङटार नगरपालिका ३ जनामा संक्रमण देखिएको छ । जस मध्ये १ जना पुरुष र २ जना महिला रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here