न सोध यो मन मा कत्ती को पिर छ । प्रीय तिम्रै हात मा त मेरो तक्दिर छ।।

मङ्लबार, मंसिर २, २०७७
0
230

न सोध यो मन मा कत्ती को पिर छ
प्रीय तिम्रै हात मा त मेरो तक्दिर छ।।

छट पट छ तन मन तिम्रो भोलि भोलि ले
देउ न माया को भिक्षा तिमी त अमिर छ।।

तिम्रो स्वीकृति बेगर कसरी अङाल्न सक्छु
मेरो पाउ मा बाधिएको सामाजिक जन्जीर छ।।

कसरी दिलाउ बिस्वास कत्ती माया गर्छु
चिरेर हेर छात्ती भित्र तिम्रै त तस्बिर छ।।

नारिको स्पर्श मा स्वर्गीय आनन्द मिल्छ रे
तिम्रो न्यानो काख मा राख्नु पर्ने मेरो शिर छ।।          शुरेश बैद्य
काठमाडौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here