त्रिशुलीमा पिकअप भ्यान खस्दा एक जना पाैडिएर ज्यान जाेगाए, तीन जना वेपत्ता

बिहिबार, मंसिर ११, २०७७
0
374

 मंसिर ११ ,मुग्लिन । त्रिशुली नदीमा पिकअप भ्यान खसेर दुर्घटना हुदाँ तीन जना वेपत्ता भएका छन् । प्यूठानबाट बिरामी लिएर काठमाण्डौ तर्फ गइरहेको लु १च ९७३१ नम्बरको पिकअप भ्यान पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ४ स्थित नाग्दी खोलाबाट बिहिबार विहान ५ः ३० बजे करिब ६० मिटर तल त्रिशुली नदीमा खस्दा तीन जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य बहादुर थापाका अनुसार भ्यानमा चालक सहित चार जना सवार थिए । एक जना भने पौडिएर बाँच्न सफल भएका छन् ।

भ्यानमा सवार प्युठानका ३८ बर्षिय मुकुन्द बहादुर रोक्का नदीबाट पौडीएर बाँच्न सफल भएका छन्। राेकाले दिएकाे सूचनाका आधारमा प्रहरीले खाेजी कार्य गरेकाे छ । रोक्काको अवस्था अहिले मध्यम रहेको र पुरानो मेडिकलकलेज मा उपचार भइरहेको छ ।

बेपत्ता हुनेहरुमा पौडिएर ज्यान जाेगाएका मुकुन्द बहादुर रोक्काका छोरी (बिरामी ) बर्ष १५ की जिनिसा रोक्का, उनकी श्रमती बर्ष ३३ की जमुना रोक्का र भ्यान चालक प्युठानको झिमरुक गाउँपालिका १ का २३ बर्षि को सुर्य के.सी. रहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा खोजी कार्य जारी रहेको प्रवक्ता थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here