र्‍यापर जेनिथको बहुप्रतिक्षित गीत नसा रिलिज,नेपाल प्रहरी के गर्छ ?

बिहिबार, मंसिर ११, २०७७
0
193

गाेरखा । पछिल्लो समय हिपप तर्फ युवाको आकर्षण बढिरहेको छ। नया नया अनुहारहरुको आगमनले झनै यो फिल्ड लाई रोमाञ्चक बनाईरहेको छ। सोहि क्रममा पछिल्लो समयका आशालाग्दा र्यापर जेनिथ आचार्यको नया गीत सार्बजानिक भएको छ । नशा नाम राखिएको उक्त गीतले पछिल्लो युबा पुस्ताको लोकप्रिय क्लब ट्रेन्डलाई उठान गरिएको छ।

जेनिथ आचार्य र जेन्टल सबिन को र्याप समाबेस गरिएको उक्त गीतमा मनिष शाहीले कोरस भोकल दिएका छन् । डिजे एएनको म्युजिक एरेन्ज रहेको उक्त गीतको भिडियोलाई आकर्षक ढंगले अनिल कटुवालले खिचेका हुन् । भोला तिमल्सिनाको निर्देशनमा बनेको उक्त भिडियोलाई अरुण कटुवालले सम्पादन गरेका हुन्।

गीतको भिडियोमा जेन्टल सबिन , लक्ष्मी राना , पैसा घिमिरे , मैथली नायक भारत शाह र जेनिथ आचार्यको अभिनय रहेको । गीतको आकर्षक भिडियोले हेरुञ्जेल दर्शकको ध्यान खिच्ने बिस्वास र्यापर आचार्यको छ।

अहिले गीत संगीतमा छाडा सब्द प्रयोग भएको भन्दै कलाकार माथि प्रहरीको नजर परिरहेको अबस्थामा यस्तो खाले एडल्ट गीत सार्बजानिक भएपछी भोलिका दिनमा प्रहरीको नजर जेनिथ माथि पर्ने पक्का छ ।

बिशुद्ध मनोरन्जनका लागि निर्माण गरिएको अडियो तथा भिडियोको बिसयमा नकारात्मक धारणा नबानाउन निर्देशक तिमल्सिनाले सम्पूर्ण दर्शक तथा श्रोताहरुलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here