लघुकथा: छोरि

सोमवार, मंसिर १५, २०७७
0
439

अन्धकार कति हो । बिहानै हिन्नु पर्ने अझै, हिन्न समेत भ्याएकी छैनन् ,सबै घर धन्दा गरेर नै हिन्नु पर्छ स्कुल । कस्तो बिडम्बना चार बहिनी छोरी मध्य कमला लाई मात्र चासो भएको हुन्छ अरु त खाने सदस्य मात्र भएको जस्तो लाग्छ। यसो सोच्ने हो भने कमला राम्री सोझी साथै पढाइ मा त्यति राम्रो होइन तर मिहनेति भने खुबै गर्छिन् ।कमला लाई दु:ख को सागर ले नै दुखी बनायो कस्तो हो बिडम्बना। कमलामा एक कुरा को राम्रो बानी थियो। सत्य बोल्ने बानिले गर्दा सधै धोका पाएको हेक्का नभएको नि होइन।समय बित्दै गयो आफू मुनिका बहिनिहरु केटो समाइ आफै बिहे गरे कमला लाई पनि बिहे गर्न मन हुदा पनि कस्लाइ सोध्ने।आफै भनुन पनि कसरी फेरि उत्ताउली रहिछे भन्ने डर हुने ,त्यसै कारण पनि मनका कुरा मनै मा दबाएर बसेकी थिइन। यसै गरि दिन बित्यो एक दिन कमलालाई वर खोजेर अाफ्नी फुपूले ल्याएर बिहे गराईदिए तर आफुले भने जस्तो वर भएन।घर त सम्पन्न थियो तर पनि आफ्ना हजारौ इच्छाहरु मुटुमै लुकाइन देखाउन सकिनन , किन कि आमा बुबा को इज्जतका लागि सबै त्याग गरिन । दिन यसै गरि चल्दै गयो कमला बाट ३ सन्तान को जन्म भयो एक छोरा २ छोरी राम्रो संग घर गृहस्थ जीवन चलीरहेको थियो । घर को काम घर को मुलिले गर्दै जादा एक दिन कमला लाई जीवन को अँध्यारो कोठा मा प्रवेश गरायो । किन कि आफ्नो श्रीमानको बिजनेस मा ठूलो घाटा लाग्दा कमलालाई बाध्यता भयो घर चलाउन अनि कमला मेनपावर धाउन लागिन एक दिन उनी पनि बिदेश जाने निश्चित भयो । आज सम्म कमला त्यही घर तिनै छोरा छोरी को लागि आफ्नो जीवन तातो गर्मी अनि आफ्ना परिवार सन्तती बाट धेरै टाढा खाडिमा बिताउन थालिन आज उनि संग सबै छ तर कमलाइ संग जिउने इच्छा भने मरेर गयो । हरेक युद्ध एक्लै सामना गर्दै खाडी को एक कुनामा खाडी मा रुदै छिन कमला।

यस्तै रहेछ जिन्दगी बुझ्न सकेन कसैले
मेरो आँसु खस्यो तर पुस्न सकेन कसैले
माया केहो भन्ने कुरा कहिले सोच्नै सकिन
अस्मिता नै धन थियो लुट्न सकेन कसैले

सोमनाथ लुइटेल रवि पाल्पाली
बर्दिया गुलरिया ३
हाल :- उगाण्डा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here