बुढीगण्डकी जलबिद्युत आयोजनाको कार्यालय ध्याल्चोकमा आजदेखि धर्ना

बुधबार, मंसिर १७, २०७७
0
261

मङ्सिर १७,गोरखा । बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले बिभिन्न माग सहित आजदेखि आयोजनाको कार्यालय गोरखाको ध्याल्चोक स्थित सिउरेनीटारमा धर्ना दिने भएको छ ।

सरोकार समितिले डुवान क्षेत्रका मुआब्जा दिन बाँकी रहेका जग्गाको तत्काल मुआब्जा बितरण गर्न, घरगोठ र बोटबिरुवाको लगत सार्वजनिक, दररेट निर्धारण र मुआब्जा बितरण लगायतको माग गर्दै धर्नाको कार्यक्रम सार्वजनिक गरेको हो ।

समितिले आजबाट मंसिर २४ गतेसम्म बुढी गण्डकी आयोजनाको बाताबरण, मुआब्जा पुर्नवास तथा पुनस्थापन इकाइ कार्यालय बाहिर धर्ना दिने संयोजक हरेराम ढकालले बताए । सरोकार समितिले ऐलानी जग्गामा बसोबास गर्ने व्यक्तिहरुलाई मन्त्रिपरिष्दको निर्णय अनुसार मापदण्ड बनाएर तत्काल मुआब्जा दिन, सिमानामा परेको भनि मुआब्जा रोक्का गरिएको जग्गाको मुआब्जा बितरण गर्न, छुट दर्ता भएका जग्गाको मुआब्जा दिन, अन्य घर तथा बस्ती क्षेत्र र सहायक मोटरबाटोले छोएको जग्गाको मुआब्जा जिल्ला मुआब्जा निर्धारण समितिले निर्धारण गरे बमोजिम प्रतिरोपनी ७ लाख ७३ हजार रुपैया उपलब्ध गराउन पनि माग गरेको छ ।

मुआब्जा निर्धारण समितिको निर्णय अनुसार ५ रोपनी भन्दा कम जग्गा हुनेलाई मुआब्जा १५ प्रतिशत र १० रोपनी भन्दा कम जग्गा हुनेलाइ १० प्रतिशत थप रकम उपलब्ध गराउन तथा पुर्नबास र पुनस्थापनाको ग्यारेन्टी गर्न र हाल बसोबास गरिरहेकै वडामा पुर्नबास हुने गरि जग्गा रोक्का गर्न सरोकार समितिले माग गरेको गरेको छ । धर्ना कार्यक्रममा २५ जना भन्दा बढी सहभागी नहुने र अनिबार्य मास्क लगाई भौतिक दुरी कायम गरिने सरोकार समितिले जनाएको छ ।

सरोकार समितिले आफुहरुको मागमा बारम्बार आयोजनाको ध्यानकर्षण गराएको भएपनि सुनुवाई नभएकाले सर्घषमा उत्रन बाध्य भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here