कोटका कुरा मात्रै हुन्,जामामा अन्त्य हुन्छ
यहाँ,आँखाको नजर आँखामा अन्त्य हुन्छ
प्रमाण यो छ खुसीको आयु हुँदैन् भन्नलाई,
तारीफबाट सुरु प्रेम आलोचनामा अन्त्य हुन्छ
यसकारण तिमी यो क्षेत्र भन्दा पर नजानु ,
अबैध धन्दाको ब्यापार,नाकामाअन्त्य हुन्छ
दोषी त बाठो नै देखियो,निर्दोष लाटो देखियो
अदालतको मुद्दा न हो तर लाटामा अन्त्य हुन्छ
खुसीले भरीएर मात्तिनेहरु हो,यो पनि बुझ्नु,
भरीएर उडेको बेलुनको काँडामाअन्त्य हुन्छ ।
नरेन्द्र बिष्ट ‘समाकुल’
बझाङ्ग






