मङ्सिर २०,गोरखा । गोरखामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–४ चोरकाटेमा बिद्युत पोलमा करेन्ट लागेर २४ बर्षिय रोसन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायव उपरीक्षक (डिएसपी) बासुदेव खतिवडाले जानकारी दिए ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर १७ घर भएका मृतक मगर पुष्पलाल मध्ये पहाडी लोकमार्गका काम गर्ने व्यक्ति भएको उनले बताए । करेन्ट लागेर घाइते भएका मगरलाई उपचारका गोरखा अस्पतालमा ल्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी खतिवडाले बताए
११ केभिए बिद्युत प्रशारण लाइनको विद्युत पोलमा चेनेज लेख्ने क्रममा मगरलाई करेन्ट लागेको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधब न्यौपानले बताए । मगरलाई शुक्रबार साँझ करेन्ट लागेको हाे । हाइटेन्सन लाईनको पोलमा कसरी बिद्युत चुहावट भयो भन्ने बारेमा खुल्न नसकेको प्रमुख न्यौपानेको भनाई छ ।






