चिकित्सक कुटपिट गर्नेलाइ पक्राउ गरी कारवाही गर्न प्रशासनमा उजूरी

के भन्छन गाेरखाका प्रमुख जिल्ला अधिकारी ?

सोमवार, मंसिर २२, २०७७
0
303

मङ्सिर २२,गोरखा  । गाेरखा अस्पतालका  चिकित्सक माथि कार्यस्थलमा नै कुटपिट गर्नेलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै गोरखा अस्पताल प्रशासनले जिल्ला प्रशासन कार्यालयमा उजुरी परेकाे जिल्ला प्रशासन कार्यालय गाेरखाले जनाएकाे छ  ।

आइतबार बिहानदेखि अस्पतालको आकस्मिक बाहेका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक एवंम् स्वास्थ्यकर्मीले दोषी माथि कारवाही नगरेसम्म काममा नर्फकने चेतावनी दिएपछि अस्पताल प्रशासनले दोषिलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै अस्पताल प्रशासन जिल्ला प्रशासन कार्यालय गाेरखामा उजूरी दिएका हुन ।

अस्पताल प्रशासनले बिरामीका श्रीमान र उनले बोलाएका अन्य मान्छेहरुलाई किटानी जाहेरी दिएको हो । ‘क कसले आक्रमाण गर्यो मान्छे सवै चिन्ने कुरा भएन, अस्पतालका एक स्वास्थ्यकर्मीले भने, बिरामीका श्रीमानलाई सवै कुरा थाहा भएकाले उनी सहित र उनले बोलाएका मानिसहरुलाई किटानी जाहेरी दिइएको हो ।

चिकित्सकहरुले दोषीलाई पक्राउ नगरेसम्म गोरखा अस्पतालमा ओपिडी सेवा सञ्चालनमा नल्याउने भन्दै आइतबार बिहान १० बजेदेखि आकस्मिक बाहेका सवै सेवा ठप्प पार्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयमा अस्पतालबाट उजूरी आएकाे प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले पुष्टि गरेका छन् । दाेषीलाइ पक्राउ गरी कारवाही गर्ने र डाक्टरहरुलाइ उपचारमा फर्काउने उनले बताए ।

गाेरखा अस्पतालमा उपचार नपाएपछि विरामीहरु एम्बुलेन्स लिएर चितवन,काठमाण्डाै, पाेखरा लगायतका शहरमा उपचारका लागि जान बाध्य भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here