दयाहाङको ‘भैरे’ फिल्म साउन ४ गते रिलिज हुने

शुक्रबार, जेष्ठ ११, २०७५
0
315

काठमाडौँ । अभिनेता दयाहाङ्ग राई र सुरक्षा पन्त स्टार फिल्म ‘भैरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । यसअघि जेष्ठ १८ लक गरिएको यो फिल्म अब श्रावण ४ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ ।

जेठ १८ मा रिलिज गर्न सबै तयारी पुरा गरिसकेको अवस्थामा नेपाल चलचित्र निर्माता संघले आन्दोलन आह्वान गरेपछि ट्रेलर रिलिज स्थगन गरिएको थियो ।

अन्तिम समयमा निर्माता संघको आन्दोलन सहमतिमा टुंगिएपछि प्रचार(प्रसारको लागि समय अपुग भएकोले मिति सार्नु पर्ने बाध्यात्मक अवस्था आएको निर्देशक एभरेष्ट सुर्य बोहराले बताए ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह(निर्मातामा छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here