नेपाल विद्यार्थी सँघले प्रधानमन्त्रीकाे ‘कु’ का विरुद्ध आज देशभर प्रदर्शन गर्ने

सोमवार, पुस १३, २०७७
0
331

पुस १३, गाेरखा । नेपाल विद्यार्थी सँघले प्रधानमन्त्री खडग प्रसाद ओलीले गरेकाे असँवैधानिक ‘कु’ का विरुद्ध आज देशभरी प्रदर्शन गर्ने भएकाे छ । नेपाली काँग्रेसले घोषणा गरेको आज ( पुस १३ ) गतेको देशव्यापी बिरोध प्रदर्शनलाई भव्यताका साथ सफल पार्न र व्यापक रूपमा परिचालित हुन नेपाल विद्यार्थी संघले सबैमा आह्वान गरेको छ । आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष राजीव ढुंगानाले सोमबार मुलुकका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एकैसाथ हुने बिरोध प्रदर्शनमा झण्डा,ब्यानर,प्लेकार्डसहित उपस्थित हुन सम्पूर्ण समिति र इकाइहरूलाई निर्देशन दिएका छन् ।

त्यसैगरी, पुस १६ गतेको राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसलाई विचार गोष्ठी, सेमिनार, भेला गरी तथा रक्तदान, वृक्षारोपण, बिरामी तथा वृद्धवृद्धाहरूलाई फलफूल वितरणजस्ता रचनात्मक क्रियाकलापहरू गरी मनाउन पनि निर्देशन दिइएको छ । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका प्रतिनिधि सभाको असंवैधानिक विघटनको बिरोधमा बिरोध प्रदर्शनको कार्यक्रम राखेको हो ।

अध्यक्ष ढुङ्गानाका अनुसार देशैभरीका सहरमा मसाल र कलम अ‌ङ्कित झण्डा लिएर नेपाल विद्यार्थी सँघका युवाहरु सडकमा आउने छन् । आन्दाेलनमा घुसपैठ गर्ने उदेश्यले वालुवाटारबाट निर्देशित अराजक तत्वहरुसँग सजग रहन समेत उनले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here