सरस्वती मा‍.वि. बाेर्लाङमा ८ लाख ६६ हजार ६ सय ३० रुपैयाँकाे अक्षयकाेष स्थापना

बुधबार, पुस १५, २०७७
0
270

पुस १५,गाेरखा । जिल्लाकाे भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ्गमा रहेको श्री सरस्वती माध्यमिक विद्यालयमा ८ लाख ६६ हजार ६ सय ३० रुपैयाँकाे कोष स्थापना गरिएको छ ।

विद्यालयका पूर्व प्रधानध्यापक चित्रकुमार श्रेष्ठले आफ्ना पिता स्वगिर्य शेर बहादुर श्रेष्ठ र माता टिका कुमारी श्रेष्ठको सम्झनामा बिधालयका बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पुर्याउने उद्देस्यले छात्रबृतिका लागि दुइ लाख रुपैयाकाे अक्षयकोष स्थापना गरेका छन् ।

विद्यालयमा मँगलबार एक कार्यक्रमको आयोजना गरी श्रेष्ठले विद्यालयका प्रधानध्यापक रामचन्द्र पौडेललाई अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका थिए ।  अक्षय कोष मार्फत हरेक बर्ष २ जना अनाथ विद्यार्थीलाई छात्रवृति र २ जना शिक्षकलाई प्रोत्साहन गरिनेविद्यालयका प्रधानाध्यापक पाैडेलले बताए ।

श्रेष्ठले उक्त विद्यालयमा करिब ३० बर्ष अध्यापन गराएका थिए । हालसम्म उक्त विद्यालयमा १४ जनाबाट ८ लाख ६६ हजार ६ सय ३० रुपैया बराबरको अक्षय कोष स्थापना भएको पाैडेलकाे भनाइ छ । काेषमा रहेकाे रकम बाट आएकाे व्याजबाट विद्यालय सञ्चालनमा सहज हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here