शीतको गीत!

शनिबार, बैशाख ३०, २०७४
0
255

तप्प तप्प

खसोस् शीत बार्दलीबाट

र म सुनी रहौं

त्यहि धुन बार बार

ब्यूँझँदै निदाउँदै

मेरो तन्द्रा !

 

सङ्गीत

या गीत

सुसाई

या मन्द चिरबिर

उछिट्टिएर आउँछ केही

मेरो कानसम्म

खसिरहँदा थोपा बार्दलीबाट

उघारेर झ्यालका स-साना छिद्रहरु !

 

हावा

मन्द चल्छ

मिसिन्छ शीत खसिरहेको आवाजमा

शान्त ,

ठूला झोक्काहरूको त्रास

बिथोल्छ  एउटा शान्ति

अनुभुत हुन्छ

डरको कम्पन !

 

भोर

झ्यालबाट छिर्नु अघि नै

शुरु हुन्छ  यो धुन

र चली रहन्छ ,

शीत, भोर, हावा

चिरबिर चराको

खेलीरहन्छन् एक आपसमा

मेरो तन्द्रामा

बार्दलीबाट बजी रहन्छ एक शूरमा

शीतको गीत !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here