प्रहरी हवल्दारद्वारा चालक माथि निर्घात कुटपिट

बिहिबार, माघ २२, २०७७
0
240

गाेरखा । बुधबार बिहान मध्य पहाडी राजमार्गमा पर्ने चेपे र मिर्दी खोलाको बिच भागमा क्रसरबाट ढुङ्गा लिएर भन्डारथोक जादै गरेका ट्याक्टरका चालक रामबहादुर बर्खेलमाथी प्रहरीले निर्घात कुटपिट गरेका छन् ।

सादा पोशाकमा रहेका इलाका प्रहरीले कार्यालय ठाटिपोखरीका प्रहरी हवल्दार टोपबहादुर थापाले उकालोबाटोमा आफुले रोक भनेको बेलामा ट्याक्टर नरोकेको भन्दै चालक बर्खेलमाथी कुटपिट गरेको पिडितले बताए ।

प्रहरी हवल्दार थापाको कुटाईबाट चालक बर्खेलेको टाउको र आँखा चोट लागेको छ । घाइते बर्खेललाई तत्काल उपचारका लागि भरतपुरमा पठाइएको स्थानीयबासी केशव न्यौपानले जानकारी दिए । गाेरखामा प्रहरी अधिकारीहरुले उनीहरुकाे सेटिङ बाहिर चल्ने सवारी साधन र उसका चालकलाइ दुख दिँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here