चट्याङ्मा परि ३३ जनाको मृत्यु

बुधबार, जेष्ठ ३, २०७४
0
135

काठमाडौँ, १५ जेठ । भारतमा गएको २४ घण्टायता परेको चट्याङ्मा परी ३३ जनाको मृत्यु भएको समाचार छ । यहाँका प्रकोप व्यवस्थापन अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । गत २४ घण्टायता परेको भारी वर्षापछि सो प्रकोपले सताएको जनाइएको छ ।

पूर्वीभारतीय राज्य बिहार र झारखण्ड तथा उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा सो प्रकोपले सताएको हो । भारी वर्षाका साथमा भीषणरुपमा चट्याङ परेको बताइएको छ । चट्याङ्बाट बिहारमा १२, छिमेकमा पर्ने राज्य झारखण्डमा १२ र उत्तर प्रदेशमा नौ गरी ३३ व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here