गजलकार श्रीभक्त पौडेल ज्यु को मन छुने गजलन

बुधबार, फाल्गुन १२, २०७७
0
349

सबले साथ छोडेपनि, साथ नछोड है जिन्दगी
छायाँ सङ्गै हुन्छु तेरो, हात नछोड है जिन्दगी!!

झिस्मिसेका ती निशाहरु, मेरापनि मित नै हुन्
रपनि मेरालागि केबल, रात नछोड है जिन्दगी!!

स्विकारेकै छु कथित लान्छना, नबोलेरै देखिस्
कमजोर हुन्छन् छाती, घात नछोड है जिन्दगी!!

धेरै पिएं नशा मैले, धेरै पिएं आसुँ सायद
बेशिमा जिउनु छैन, मात नछोड है जिन्दगी!!

मलाई अब मुस्कुराउनु छ, यो दुनियाँका खातीर
कोपिला चुँडी जिन्दगीमा, पात नछोड है जिन्दगी!!

श्रीभक्त पौडेल
चितवन ,हाल :- स्पेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here