शोभा अर्याल का पाँच मुक्तकहरु

आइतवार, फाल्गुन १६, २०७७
0
325

मुक्तक,१

भिसा पठाउनु दाजु बिदेश आउनु छ
बाबा आमालाई पेट भर खुवाउनु छ
दुखै दुःखले भरिएको छ हाम्रो देश
सुखको अनुभुति गर्न बिदेश धाउनु छ ।

मुक्तक,२

तिमी संग हाँस्दा संगै रुदाँ पनी म खुसी थिए
हरपल तिम्रै साथमा हुँदा पनी म खुसी थिए
तर तिमीले बुझ्ने कोशिस किन गरेउन प्रिय
मैले त आँसुले परेलि धुदा पनि खुसी थिए

मुक्तक,३

बाबा-आमाको सपना पूरा बनाउनु छ,
दुखी यो जिन्दगीमा सुख ल्याउनु छ,
छोरी हो केहि गर्न सक्दिनँ नसोच्नु है
भिषा पठाउनु साथी विदेश आउनु छ

मुक्तक,४

थियो के गल्ती मेरो छाेडेर गयौं
अाज घर नघाटकाे पारेर गयौं
काेपिला मै फूल्न खाेजेकि थिए
तर आज जमिन मा झारेर गयौं

मुक्तक,५

अनुहार हेरेर माया लाउने रहेछौं
जहाँ सुन्दरी उतैउतै धाउने रहेछौं
दुनियाँ सामु मेरो बदनाम गरेपछि
झुटो माया जालमा फसाउने रहेछौं

शोभा अर्याल
बुटवल 14 रुपन्देही

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here