मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने

शुक्रबार, फाल्गुन २१, २०७७
0
124

काठमाडौं। मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्युओसी) पुरस्कार पाउने भए


की छन्। नेपालका लागि अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

उनले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि खेलेको भूमिकालाई कदर गर्दै उक्त अवार्डबाट सम्मानित गर्न लागिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गर्ने दूतावासले जनाएको छ।

आइडब्ल्युओसीले पुरस्कार व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणको वकालत तथा नेतृत्व गर्ने महिलाको सम्मान गर्ने बताइएको छ।

मुस्कानले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेर तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरेपश्चात अध्यादेश जारी भएको बताइएको छ। ‘धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्।’ विज्ञप्तिमा भनिएको छ, ‘उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे।’

पुरस्कार शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने महिलाको सम्मान दिइने गरिएको दूतावासले जनाएको छ।

‘हाल १५ औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका अघिल्ला विजेताहरूमध्ये पाकिस्तानमा महिला तथा किशोरीहरूका लागि वकालत गर्ने कामका लागि सम्मानित मलाला युसुफजई पनि छिन्। जो सबैभन्दा कम उमेरकी नोबेल पुरस्कार विजेता हुन्।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here