गाेरखा नगरपालिका , गाेरखा । गाेरखा नगरपालिका स्थित एम एम आरटि स्तरिय खुला भलिवल प्रतियाेगितामा रत्नराज्य मा.वि. विरेन्चाेक प्रथम भएको छ ।
१० टिमकाे सहभागिता रहेकाे उक्त प्रतियाेगितामा महेन्द्र मा.वि. कुन्दुर दितिय र सरस्वति मा.वि.आहाले र महालक्ष्मी मावि लक्ष्मीबजार तृतिय भएका छन् । शुक्रबारदेखि भएको प्रतियाेगितामा शिक्षकहरु विच कडा प्रतिष्पर्धा भएको थियाे । रत्नराज्य मा.वि. विरेन्चाेककाे प्राङ्गणमा भएको प्रतियाेगिताकाे अध्यक्षता एम एम आरटिका अध्यक्ष अनिल अम्गाइ रहेका थिए ।
बिजेता टिमलाइ विद्यालयले नगद आठ, छ र तीन\तीन हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरेकाे छ । नगरपालिका भित्रका रहेका शैक्षिक सुधार गर्ने उदेश्यले बनेकाे सँस्था एमएमआरटीको आयोजनामा शुक्रवार र शनिवार प्रतियोगिता भएको हो ।






