छिम्केश्वरी माध्यमिक विद्यालयका २०० जना विद्यार्थिहरुलाइ मनकामना माइ सहकारीद्वारा शैक्षिक सामग्री प्रदान

बुधबार, फाल्गुन २६, २०७७
0
192

आँबुखैरेनी,तनहुँ । जिल्लाकाे आँबुखैरेनी बजारमा रहेको मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छिम्केश्वरी माविका २ सय जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

छिम्केश्वरी माध्यमिक विद्यालय आँबुखैरेनी–४ भाँगेको प्राङ्गणमा आज एक कार्यक्रमको आयोजना गरी संस्थाको १५ औं बार्षिक उत्सवको अवसर पारेर सो विद्यालयका २ सय जना विद्यार्थीहरुलाई शैंक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको सहकारीले जनाएको छ ।

शैक्षिक सामाग्री अन्तर्गत कापी, कलम, पेन्सिल, ईरेजर, चार्ट (वर्णमाला) र खेलकुद सामाग्री अन्तर्गत ३ वटा भलिबल, १ वटा नेट, १० वटा डस्बीन वितरण गरिएको सहकारीका व्यवस्थापक नारायण तिमिल्सिनाले जानकारी दिए ।

शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा सहकारीका अध्यक्ष भगवानदास मल्ल, उपाध्यक्ष तुलनारायण श्रेष्ठ, सचिव उपेन्द्र देवकोटा, कोषाध्यक्ष हरिभक्त श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्ध बहादुर थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एक बहादुर गुरुङले ग्रामिण क्षेत्रका विद्यालयका बालबालिकाहरुकाे शिक्षामा सहयाेग पुर्याउने उदेश्यले मनकामना माई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गरेकाे सहयाेग प्रति विद्यालयका तर्फबाट हार्दिक धन्यवाद प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here