संविधान संशोधनपछि मात्र सरकारबारे सोच्छौंः राजेन्द्र महतो

आइतवार, जेष्ठ २७, २०७५
0
126

२७ जेठ, राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजेन्द्र महतोले तत्काल वर्तमान सरकारमा राजपा जाने तयारी नभएको बताएका छन् ।

उनले वर्तमान सरकारलाई समर्थन गरेपनि संविधान संशोधन र कार्यकर्तालाई लगाएको मुद्दा फिर्ता नभएसम्म सरकारमा नजाने स्प्रष्ट पारे ।
विराटनगर विमानस्थलमा आइतबार स्थानीय संचारकर्मीसँग कुरा गर्दै महतोले सरकार सहभागी हुनै पर्ने हो भने संविधान संशोधन हुनुपर्ने बताए । ‘संविधान संसोधन रातारात त हुँदैन तर संसोधनको कुरा त आउनु पर्योक,’ उनले भने, ‘अनिमात्र सरकारमा जाने नजाने भन्ने कुराको हामी निर्णय लिन्छौ ।’
उनले संविधान संसोधनको बारेमा सरकारसँग अहिलेसम्म विश्वश्नीय तवरमा कुरासमेत नभएको स्प्रष्ट पारे । ‘जुन दिन सरकारसँग यस विषयमा विश्वसनीय कुरा हुन्छ त्यस दिन सरकारमा जाने कुरापनि सोच्न सकिन्छ ।’ उनले भने ।
उनले ६ महिना भएको कठोर मधेश आन्दोलन देखाउने दाँत नभएको स्प्रष्ट पादै महातोले भने, ‘त्यो आन्दोलन र बलिदानीको मागलाई सँस्थागत गर्ने कुरा अहिलेसम्म सावधान भएको छैन, समस्या समाधान भएन भने यो मुलुकको कल्याण पनि हुँदैन ।’
प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा भइरहेको बहस संसदमा आए आफूहरुले पनि उपयुक्त निर्णय लिने महतोको भनाइ थियो ।उनले दुई नं। प्रदेशको सरकारलाई राजपाको समर्थन रहेको भन्दै त्यो सरकार रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here