आफैलाई भलाद्मी ठानी ठुला कुरा गर्छौ
बुझ्दैनौ कि जानि जानि ठुला कुरा गर्छौ
नाफा कमाउनैलागि भएनि मन बेच्नु पर्छ
गरेर घमण्डको आम्दानी ठुला कुरा गर्छौ
हद हुँन्छ होच्याएर बोल्नुको पनि साथी
आफ्नो ब्याङ्गे आफै हानि ठुला कुरा गर्छौ
तिमीलाई जलाउँन मसानघाट लानु पर्दैन
मेरै रिसले हुन्छौ खरानि ठुला कुरा गर्छौ
भाङ खाएर हो एक मान्छे पागल भएको
थोरै गर्दा पनि कुरा कानि ठुला कुरा गर्छौ
नाम राजेन्द्र बैसाल
अछाम जयगढ






