गोरखा ७, जेठ । गोरखा नगरपालिका भित्र आज थप १५ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नम्बर ९ र ११ मा संक्रमित थपिएका नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।
जनस्वास्थ्य निरीक्षक अर्यालका अनुसार वडा नम्बर ११ मा ३५ र ५४ बर्षका दुई महिलामा संक्रमण पुष्टी भएको छ । त्यस्तै वडा नम्बर ९ मा ४ जना पुरुष र ९ जना महिलामा संक्रमण भएको पाइएको उनले बताए ।






