death

कमला खोलाको किनारमा युवतीको शव फेला

लहान : सिराहा नगरपालिका–६ बसबिटास्थित कमला खोलाको किनारमा हिजो साँझ एक युवतीको शव फेला परेको छ । सनाखत हुननसकेको अन्दाजी २५ वर्षीया ती युवतीको शव उक्त खोलाको किनारसंगैको खेतमा फेला परेको हो । तराईवासी जस्तो देखिने युवतीको शव शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । रातो कुर्था, कालो सुरुवाल, कालो सुइटर र निलो आकाशे रङ्गको सल लगाएकी ती युवतीको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना सम्बन्धमा… पुरा पढौ

स्कुटी नहरमा खस्दा ज्यान गयो

चितवन, १९ भदौ : स्कुटी नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गए राति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो । स्कुटरमा सवार अर्का एक व्यक्ति नहरमा बगेर वेपत्ता भएका छन् । उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना३४प ९९४१ नं को स्कुटर पुल तर्ने क्रममा नहरमा खसेको थियो । भण्डारीको… पुरा पढौ